दक्षिण अफ्रिका विरुद्धको पहिलो टी–२० खेलमा भारत २८ रनले विजयी भएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। भारतका लागि शिखर धवनले ७२ रन बनाए भने मनिश पाण्डेले २९ तथा कप्तान विराट कोहलीले २६ रन बनाएका थिए।
दक्षिण अफ्रिकी भूमिमा भारतले टी–२० मा पहिलो पटक २०० रन पुरा गर्ने क्रममा महेन्द्र सिंह धोनीले १६ तथा हार्दिक पाण्ड्याले १३ रन बनाए।
३०४ रनको जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन मात्र बनाउन सक्यो। उसका लागि रीजा हिन्डरीक्सले ७० तथा फरहान बेहरदिनले ३९ नर बनाएपनि टिमलाई जित दिलाउन सकेनन्।
दक्षिण अफ्रिकालाई रोक्ने क्रममा भारतका भुवनेश्वर कुमारले ५ विकेट लिए।
जितसँगै भारतले दक्षिण अफ्रिकासँगको तीन टी-२० खेलमा १-० को अग्रता लिएको छ।