अफगानिस्तानका युवा लेग स्पिनर मुजीब जादरानले वान डे क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन्।
जिम्बाम्बेविरूद्ध जारी चौथो वानडेमा उनले नयाँ रेकर्ड आफ्नो नाममा लेखाएका हुन् । १६ वर्षिय मुजीबले ५० रन खर्चिएर ५ विकेट लिएका छन्। उनले बनाएको यो कीर्तिमान वानडे क्रिकेट इतिहासमा सबैभन्दा कम उमेरका खेलाडीले एकै प्रतियोगितामा यति धेरै विकेट लिएको पहिलो हो।
उनलेने पाकिस्तानका पूर्व तिब्र गतिका बलर वकार युनिसको रेकर्ड भंग गरेका हुन्। वकारले १८ वर्षको उमेरमा यो रेकर्ड आफ्नो नाममा लेखाएका थिए।
मुजीबको कीर्तिमानी बलिङसँगै जिम्बाम्बे ३४ ओभरमा अलआउट हुँदै १३४ रनमा समेटिएको छ।
टस जितेर पहले ब्याटिङ गरेको जिम्बाम्बेले सय रन पुर्याउँदै आप्ना ८ विकेट गुमाइसकेको थियो। तर इरविनले 54 रन को पारी खेल्दै टीमको का स्कोर १३४ रनसम्म पुर्याए।
१३५ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको फगानिस्तानले २२ ओभरमै बिना कुनै विकेट क्षति खेल आफ्नो पक्षमा पार्यो। उसका लागि मोहम्मद शहजादले नटआउट ७५ र इन्सानुल्लाहले नटआउट ५१ रन बनाए।
मुजीबलाई आईपीएलका लागि किङ्स इलाभेन पञ्जाबले ४ रकोड रूपैयाँ तिरेर आफ्नो टिममा भित्र्याएको छ।
१६ वर्षे यी युवाले अहिलेसम्म अफगानिस्तानका लागि ७ वानडे अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन्। उनले अहिलेसम्म १६.६१ औसतमा १८ विकेट लिइसकेका छन्। उनको इकोनोमी ४.३९ छ।
हालै सम्पन्न यु १९ विश्वकपमा पनि उनको प्रदर्शन तारिफयोग्यो थियो। क्वार्टरफाइनलमा न्यूजील्याडविरूद्ध उनले ४ विकेट लिँदै टिमलाई समिफाइनलसम्म पुर्याएका थिए।