नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का नामिबियामा सम्पन्न आइसिसि विश्व क्रिकेट लिग डिभिजन दुईमा सर्वाधिक रन बनाउने खेलाडी भएका छन्।
लिस्ट ए मान्यता प्राप्त क्रिकेट खेलमा दुई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका पारसले बिहिबार फाइनलमा युएइमाथि नटआउट ११२ रन बनाएका थियो। यो सँगै उनले प्रतियोगितामा ६ खेलमा २४१ रन बनाएका छन्। ४८.२० औषतमा उनले ८८.२७ को स्ट्राइ रेटमा खेलेका छन्।
एक सतक र एक अर्धसतक प्रहा गरेका उनी एक खेलमा शून्यमै आउट भएका थिए। प्रतियोगितामा सर्वाधिक १५ छक्का प्रहार गरेका उनले ११ चौका हिर्काएका थिए।
पारसले बिहिबार १०३ बल खेल्दै ३ चौकार ८ छक्काप्रहार गरे। पारसको लिस्ट ए क्रिकेटमा यो उच्च स्कोर समेत हो। यसअघि उनले नामिबियामाथि १०३ रन बनाएका थिए।
यसैगरि लिस्टमा नेपाली खेलाडीले प्रहार गरेको पनि यो उच्च स्कोर हो।
नेपालको लागि लिस्ट ए क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी भने अनिल मण्डल हुन्। उनले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्याण्ड विरुद्धको पहिलो चरणको खेलमा १०० रन बनाएका थिए।
यस्तै प्रतियोगिताको सर्वाधिक छक्का हान्ने खेलाडी पनि पारस खड्का नै हुन्।