नामिबियामा जारी आइसिसि विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले २०० रन पुरा गरेको छ।
४३ ओभरको समाप्तिमा नेपालले पाँच विकेट गुमाउँदै २०० रन पुरा गरेको हो।
नेपालका लागि कप्तान पारस खड्काले ८० रन बनाएर खेलिरहेका छन्। दीपेन्द्र सिंह ऐरीले ३५, सरद भेषवाकरले ३० तथा ज्ञानेन्द्र मल्लले २४ रनको योगदान दिए।
नेपालले अहिले ४४ ओभरको समाप्तिमा २२२ रन बनाएको छ।