नामिबियामा जारी आइसिसि विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमेको छ। धरमराएको नेपाली ब्याटिङलाई सुधारिरहेका सरद भेषवाकर ३० रन बनाएर आउट भए। उनले कप्तान पारस खड्कासँग मिलेर नेपालको इनिङ सुधारेका थिए।
अहिले क्रिजमा ६४ रन बनाएर कप्तान पारस खड्का र आरिफ शेख छन्।