नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडा विरुद्ध पहिलो सफलता हात पारेको छ।
नेपालका लागि रेग्मीले पहिलो विकेट लिएका हुन्। उनले क्यानडाका लागि ९ रन बनाएर खेलिरहेका रूभिन्डु गुणसेकेरालाई आउट बनाएका हुन्। १० औ ओभरको दोस्रो बलमा रेग्मीले रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराए।
टस जितेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले १० ओभरको समाप्तिमा १ विकेट गुमाएर ४६ रनमा खेलिरहेको छ।