आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगिता अन्तर्गत नेपालविरूद्धको खेलमा केन्याले पहिलो पावर प्लेमा ३३ रन बनाएको छ।
कुनै पनि विकेट नगुमाई केन्याले ३३ रन बनाएको हो।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि केन्या ब्याटिङमा आएको हो।
केन्याका लागि इरफान करिमले १० तथा एलेक्स ओबान्डाले २३ रन बनाए।
बिहीबारदेखि नामिबियामा सुरू प्रतियोगितामा घरेलु टोली नाबिबियालाई हराएर विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो ।
आइतबार भएको तेस्रो खेलमा युएईलाई चार विकेटले हराएर नेपालले छनोटको सम्भावना बलियो बनाएको छ। अहिलेसम्म भएका तीन खेलमा दुईमा विजयी भएको नेपाल चार अंकसहित ६ राष्ट्र सम्मिलित प्रतियोगितामा दोस्रो स्थानमा छ। शीर्ष स्थानको क्यानडाको ६ अंक रहेको छ ।