सातौं चरणको विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत यूएई विरुद्ध खेल्नका लागि नेपाली टोलीको घोषणा भएको छ।
नेपाली टीमको छनोटमा आइसीसीका प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का थिए। दोस्रो चरणमा परेका २० जना खेलाडीहरूबाट सोमबार १४ सदस्यीय नेपाली टीमको घोषणा गरिएको हो।
नेपाली टोलीमा दीलीप नाथले पुनरागमन गरेका छन्। उनले गत चैतमा भएको इमर्जिङ टिम्स कपमा सिनियर टीममा डेब्यू गरेका थिए। दोस्रो चरणमा परेका हसिम अन्सारी र सुशील कँडेल भने अन्तिम टीममा अटाएनन्। नेपाली टीम बुधबार यूएई प्रस्थान गर्नेछ। वैकल्पिक खेलाडीको रुपमा रहेका अनिलकुमार साह र कुशल भुर्तेल पनि यूएई जाने बताइएको छ।
यूएईसँग प्रतिस्पर्धा गर्नुअघि आउँदो शुक्रबार अमेरिका र आइतबार नेपाली टोलीले केन्यासँग अभ्यास खेल खेल्ने कार्यक्रम तय भइसकेको छ।
डब्लुसीएल च्याम्पियनसीप अन्तर्गत नेपाल र यूएईबीच मंसिर २० र २२ गते प्रतिस्पर्धा हुनेछ। डब्लुसीएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र यूएई दुवै डिभिजन–२ मा झरिसकेका छन्।
नेपाली टीमपारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दिलीप नाथ र शक्ति गौचन
वैकल्पिक खेलाडीः कुशल भुर्तेल, अनिलकुमार साह, जितेन्द्र मुखिया र सिद्धान्त लोहनी