आगामी फागुन ७ गते पोखरामा आयोजना हुने ‘१२ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा’ तीन हजार भन्दा बढी ‘रन फर फनका’ लागि पोखरा रंगशालामा एकै साथ दौडने भएका छन्।
प्रतियोगिताबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा पोखरा म्याराथनको आयोजक पूर्वखेलाडी मञ्च नेपालले यसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
प्रतियोगिता बारे जानकारी दिँदै मञ्चका अध्यक्ष तेज बहादुर गुरूङले पोखरा म्याराथनमा २५ जना, १० किमी महिलामा २५ जना, १० किमी पुरुषमा ७५ जना, ५ किमि छात्रमा १ सय ८० जना, ५ किमी छात्रामा १ सय जनाले शुक्रबारसम्म नाम दर्ता गराइसकेको बताए। यसै गरि ४ सय मी.ह्विलचेयर पुरूष, १ सय मी. ह्विलचेयर महिला र १ सय मी. दृष्टिबिहिन दौड हुनेछ।
पोखरा-लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रतियोगितालाई थप ब्यवस्थित बनाउन योजनाबद्ध तवरले काम थाल्ने बताए। पोखरा रंगशालाबाट सुरू हुने ४२.१ किमीको म्याराथन दौड विरौटा चोक (तल्लो), राष्ट्रबैंक चोक सहिद चोक, बशुन्धरा पार्क, हल्लनचोक, जिरो किमी, सिम्पानी चोक, भिम कालीपाटन चोक, महेन्द्रपुल, विपी चोक, नयाँ सडक, सभागृह चोक, पृथ्वी चोक, नयाँ बजार महेन्द्रपुल, रानीपौवा, पुरानो धारा, गौडामुख, भद्रकाली चोक, मियाँपाटन चोक, वि.पि. मार्ग, के.एम.ए चोक, चाउथे डि.आर पेट्रोलपम्प, चाउथे चोक, गलेश्वर चोक, रामेश्वर मा.वि., मझेरीपाटन चोक, निराजन चोक, फुलबारी होटल चोक, ढुङ्गेसाँघु चोक, महतगौडा चोक, हनुमान चोक, अन्तर्राष्ट्रिय म्युजियम, घारीपाटन बिरौटा चोक (माथिल्लो), राधा कृष्णा मन्दिर, नयाँ गाउँ (सेन्ट मेरिज स्कूल चोक), बन क्याम्पस, नयाँ एयरपोर्ट, कालिका क्याम्पस गेट, भारतीय पेन्सन क्याम गेट, तमु धीं यू.के. गेट हुँदै रंगशालामा पुगेर समापन हुनेछ।
यसै गरि १० किलोमिटरको दौड पोखरा रंगशालाबाट सुरु भई विरौटा चोक (तल्लो), राष्ट्रवैंक चोक सहिदचोक, बशुन्धरा पार्क, हल्लनचोक, जिरो किमी, सृजनाचोक, सभागृह चोक, पृथ्वीचोक हुँदै रंगशालामा पुगेर समापन हुनेछ।
५ कि.मी. दौड रंगशालाबाट सुरुभई पृथ्वीचोक, एअरपोर्ट हर्कचोकबाट दाहिने हुँदै जनप्रिय क्याम्पस, रत्नचोक, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक, रंगशालागेट हुँदै रंगशालामा समापन हुनेछ ।
पोखरा म्याराथनमा प्रथम हुनेले नगद ७० हजार दोस्रोले ४५ हजार र तेस्रोले ३० हजार तथा चौथोले सान्त्वना स्वरूप नगद ५ हजार प्राप्त गर्ने छन्।
१० कि.मी. पुरुष–महिला दौडमा प्रथमले १५ दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार नगद प्राप्त गर्नेछन्।
यसै गरि ५ किलोमिटर छात्र–छात्रा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ।
प्रतियोगितामा ४ सय मीटर ह्विलचेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन दौडमा विजेता प्रथम, दोश्रो र तेश्रोले क्रमश नगद ५, ३ र २ हजार पाउनेछन्।