सफल पोखरा म्याराथनकाे १२ औं संस्करण अागामी फागुन ७ गते हुने भएको छ। पोखरामा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्यसहित नेपाल भुतपूर्व खेलाडी मन्चले प्रजातन्त्र दिवसको म्याराथन गर्ने तयारी थालेको हो।
म्याराथनसँगै छोटो दुरीको लागि १० किलोमिटर, विद्यार्थीको लागि ५ किलोमिटर दौड समावेश गरिएको छ। सफल दूधको प्रायोजनामा आयोजित म्याराथन भने दोस्रो संस्करण हो। गतवर्षदेखि सम्झौता गरेर खेलकुद क्षेत्रमा समेत आफनो सहभागिता देखाएको सफल दूधले दोस्रो सस्करणमा केही नयाँ विधा थप गरेको हो।
यो वर्ष दृष्टिविहीनको १ सय मिटर दौड, अपांगता भएका खेलाडीलाई प्रवद्र्धन गर्न पुरुषको ४ सय मिटर ह्वीलचियर दौड र १ सय मिटर महिला ह्वीलचियर दौड समेत समावेश गरिएको भुतपूर्व खेलाडी मन्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए।
म्याराथन धावक विजेताले नगद ७० हजार रुपैयाँ पुरस्कार थाप्ने छन्। गतवर्षभन्दा १० हजार बढी हो । त्यस्तै उपविजेताले ४५ हजार, तेस्रो हुनेले ३० हजार र चौथो हुनेले १० हजार पुरस्कार पाउने छन्। १० किलोमिटर पुरुष तर्फको प्रतिस्पर्धीले १५ हजार, दोस्रोले १० र तेस्रो स्थानमा आउनेले भने नगद ५ हजार रुपैयाँ पुरस्कार पाउने भुतपूर्व खेलाडी मन्चले पत्रकार सम्मेलनमा मार्फत जनाएको छ।
पोखरा रंगशालाबाट सुरु हुने म्याराथन विरौटा, हल्नचोक, जिरोकिलोमिटर, बगर, महेन्द्रपुल, रानीपौवा, भद्रकाली, मियाँपाटन चाउथे, विराता चोक, भोटे चौतारा, ढुङ्गेसाँघु, मतगौडा, घारीपाटन, चोरसाँघु हुदै रंगशालामै अाइपुग्ने बताइउकाे छ।