गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ।
हालसम्म ८ सय ३३ पदकको छिनोफानो हुँदा आर्मीले १०० स्वर्ण, ७१ रजत र ४९ कास्य पदक सहित कुल २२० पदक हात पारिसकेको छ।
्दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ।
पुलिसले ४२ स्वर्ण, ३७ रजत र ४६ कास्यपदक सहित १२५ पदक जितेको छ। अर्को विभागीय टिम एपीएफले ३४ स्वर्ण, ३८ रजत र ६३ काँस्य पदक सहित कुल १३५ पदक हात परेको छ।
यसैगरी गण्डकी प्रदेशले २२ स्वर्ण, १८ रजत र ३४ कास्य सहित कुल ७४ पदक जित्दा बागमती प्रदेशले १६ स्वर्ण, ३१ रजत र ३९ कास्य पदक सहित ८६ पदक आफ्नो पोल्टामा पारेको छ ।
यता एनआरएनएले ९ स्वर्ण, ७ रजत, ६ कास्य सहित २२ पदक, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत २३ कास्य सहित ३५ पदक, प्रदेश १ ले ५ स्वर्ण, १८ रजत र ३२ कास्य पदक सहित ५५ पदक, मधेश प्रदेश १ ले ५ स्वर्ण ७ रजत र २० कास्य सहित ३२ पदक जितेका छन्।
त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २३ कास्य सहित ३८ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ८ कास्य पदक सहित ११ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
प्रतियोगिता अन्तर्गतका खेलहरु जारी रहेका छन्। भोलि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समापन गर्दैछन्।