नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ। आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो।
एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भयो।
अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ।
महिला ४ सय मिटर फ्रिस्टायलमा आर्मीकी डुवाना लामाले स्वर्ण जितेकी छन्। उनले ४ मिनेट ४३.९२ सेकेण्ड पौडिएर स्वर्ण जितिन्। पुलिसकी मिगन गुरुङले ५ मिनेट ४.३८ सेकेण्डमा रजत र बागमती प्रदेशकी टिसा मर्हजजनले ५ मिनेट ७.३६ सेकेण्डमा निर्धारित दूरी पौडिएर कास्य जितिन्।
पुरुष ४ सय मिटरम एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते। उनले ४ मिनेट ३५.३६ सेकेण्डमा पौडिएर नयाँ कीर्तिमान समेत बनाए। प्रदेश १ का प्रारम्भ भण्डारीले ५ मिनेट १२.०९ सेकेण्डमा पूरा गर्दै रजत पदक जिते भने एपिएफका सुरेनबहादुर सिंहले ५ मिनेट १२.१५ सेकेण्डमा पौडिएर कास्य पदकमा चित्त बुझाए।
महिला १ मिटर ब्रष्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले १ मिनेट १६.६३ सेकेण्डमा पौडिएर पूरा गर्दै स्वर्ण पदक जितिन्। उनले यो विधामा पनि नयाँ कीर्तिमान कायम गरेकी छन्। आर्मीकै उपस्ति मर्हजनले १ मिनेट २२.३९ सेकेण्डमा पौडिएर रजत र नेपाल पुलिसकी अदिप्सा वैद्यले १ मिनेट २२.६७ सेकेण्डम कास्य पदक जितिन्।
पुरुष १०० मिटर ब्रेष्टस्टोकमा प्रदेश १ का विकास कुमाले स्वर्ण जितेका छन्। उनले १ मिनेट ७.९३ सकेण्डमा निर्धारित दूरी पौडिए। उनले कीर्तिमानी स्वर्ण जिते। त्यसैगरी आर्मीका नासिर हुसेनले १ मिनेट ८.४६ सकेण्डमा सक्दै रजत पदक जिते भने एनआरएनका आशिष सापकोटाले १ मिनेट ८.८० सेकेण्डमा सक्दै कास्य पदक जिते।
पुरुष २ सय मिटर बटरफ्लाइमा एनआरएनएका आशिष सापकोटाले २ मिनेट ९.४५ सेकेण्डमा पौडिएर स्वर्ण जिते। उनले यो विधामा नयाँ कीर्तिमान समेत कायम गरेका छन्। आर्मीका अनुभव सुब्बाले २ मिनेट २६.६० सेकेण्ड समयका साथ रजत पदक जितेका छन् भने एपिएफका सुरेनबहादुर सिंहले २ मिनेट २७.४५ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै कास्य पदकमा चित्त बुझाए ।
अर्को खेलमा महिला ५० मिटर फ्रिस्टाइलमा एनआरएनका एस्ले सापकोटा डङगोलले स्वर्ण पदक जितेकी छन्। उनले २७.८९ सेकेण्डमा निर्धारित दूरी पार गरिन्। आर्मीकी गौरीका सिंहले २८.२९ सेकेण्ड समयमा रजत पदक जितिन् भने २८.७९ सेकेण्डमा पौडिदै आर्मीकै अनुसैया तन्डुकारले कास्य पदक प्राप्त गरेकी छन्।
पुरुष ५० मिटर पुरुष फ्रिस्टाइलमा आर्मीका अलेकजेण्डर शाहाले २३.८७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेका छन्। पुलिसका शांखबहादुर रघुवंशीले २४.५३ सेकेण्डका साथ रजत र एपिएफका तेन्जीङ नाम्दी रयान गुरुङले २५.८२ सेकेण्डका साथ गरकास्यपदक जिते।
४ सय मिटर फ्रिस्टायल रिलेमा आर्मीले स्वर्ण, प्रहरीले रजत र बागमती प्रदेशले कास्य पदक प्राप्त गरेको छ।
पौडी प्रतियोगितामा आर्मीकी डुवाना लामाले ९ स्वर्ण, १ रजत सहित कुल १० पदक जितेकी छन्। आर्मीका नाजिर याया हुसेनले ७ स्वर्ण, २ रजत र १ कास्य सहित १० पदक जितेका छन्।
एनआरएनकी एस्ले सापकोटा डंगोलले ६ स्वर्ण, २ रजत सहित ८ पदक र आर्मीकी गौरीका सिंहले ५ स्वर्ण, १ रजत सहित ६ पदक जितेकी छन्।
पौडी प्रतियोगितामा ५० स्वर्ण, ५० रजत र ५० कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो।