नवौं राष्ट्रिय खेलकुदअन्तर्गत म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन्।
अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए।
त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते। उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गरे।
सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ ले दुरी पूरा गर्दै कास्य पदक जिते
राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्ड हो ।
महिला म्याराथनमा एपिएफकी विन्द्रालाई स्वर्ण
महिला म्याराथन दौडमा सशस्त्र प्रहरी बल एपीएफकी विन्द्राधन श्रेष्ठले स्वर्ण पदक जितेकी छन्।
पोखरा रंगशालामा मंगलबार बिहान भएको म्याराथन उनले २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।
रजत पदक जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ००.३५ सेकेन्डमा दुरी पूरा गरिन् । पुलिसकी रेखा विष्टले ३ घन्टा १ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै काँस्य जितिन्।