नेपाली सेनामा पहिलो पटक सिख समुदायबाट प्रतिनिधित्व भएको छ।
बाँके जानकी गाउँपालिका वडा नं.२, बनकटुवा निवासी करण सिंह सिख नेपाली सेनाको सिपाही दर्जामा दीक्षित भएका हुन्।
नेपाली सेनाका अनुसार उनले २०८१ साउन १ गते श्री नं. ४ बाहिनी अड्डा, नेपालगञ्जमा भर्ना भई अछामस्थित श्री गोरखबक्स गणमा सञ्चालन भएको सैन्य आधार तालिम सम्पन्न गरी २०८२ जेठ २३ गतेबाट नेपाली सेनाको सिपाही दर्जामा दीक्षित भएका हुन्।
संवैधानिक व्यवस्था अनुसार समावेशीताको सिद्धान्तलाई पालना गर्दै सबै जात, धर्म र समूहका नेपाली नागरिकहरूलाई नेपाली सेनामा समान अवसर र पहुँच रहेको सेनाले बताएको छ।