स्रोत नखुलेको झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
सोमबार काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ वस्तीस्थित एउटा घरबाट स्रोत नखुलेको १ करोड ४४ लाख रूपैयाँसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार पक्राउ पर्ने व्यक्ति अन्दाजी ४० वर्षका वाङ जियान नाम गरेका पुरूष छन्।
नयाँ बस्तीमा डेरा गरी बस्ने कोठामै अवैध रकम कारोबार भएको सूचनाका आधारमा प्रहरी वृत्तबाट प्रहरीको टोली खटिएको थियो।
प्रहरीले खानतलासी गर्दा स्रोत नखुलेको रकम भेटिएको एसपी बोहराले जानकारी दिए।
सो विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।