झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको दिमदिमे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ।
शनिबार बिहान ८ बजेको समयमा भएको उक्त घटनामा तेह्रथुम जिरीखिम्तीका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको मृत्यु भएको हो।
महसुस गुरुङ स्थानीय पूर्णबहादुर राईको घरमा पाहुना आएका थिए भने सुजल गुरुङ अर्जुनधाराकै मुना गुरुङका छोरा हुन्।
स्थानीय बासिन्दाले पोखरीमा डुबिरहेको अवस्थामा देखेपछि तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्याएका थिए।
अस्पताल पुर्याइएको २० मिनेटमै, अर्थात् बिहान ८:२० बजे, चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।