ललितपुरका एक जना पुरूष २० दिनदेखि सम्पर्कविहीन छन्।
ललितपुर महानगरपालिका-९ सप्तखेल टोल बस्ने ५० वर्षीय महन्तलाल महर्जन २० दिनदेखि सम्पर्कविहीन छन्।
उनकी छोरी मन्दिराका अनुसार जेठ ४ गते बिहान ७ बजेतिर महंतलाल घरबाट हिँडेका थिए।
‘घरमा आमासँग झगडा गरेर जानुभएको थियो। त्यस दिनदेखि उहाँ सम्पर्कमा हुनुहुन्न,’ उनले भनिन्, ‘हामीले धेरै ठाउँमा खोज्यौं। तर फेला पार्न सकेनौं।’
जेठ ७ गते नै प्रहरी प्रभाग बालकुमारीमा पनि निवेदन दिएको उनले बताइन्।
‘प्रहरीसँग बसेर हामीले उहाँको मोबाइल लोकेसन पनि हेर्यौं। घरमै देखायो। तर उहाँको मोबाइल अफ नै छ,’ उनले भनिन्, ‘उहाँले काम गर्ने ठाउँ, आफन्त लगायतसँग पनि सोध्यौं। तर फेला पर्नुभएको छैन।’
प्रहरीले खोजी गर्नको लागि मातहतका निकायलाई पत्राचार गरिसकेको बताएको छ।
उनी नेकपा एमालेको ललितपुर वडा कमिटी सदस्य पनि हुन्।