काठमाडौंको नागार्जुनमा भ्यानबाट खसेर एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान नागार्जुन नगरपालिका-६ टेम्पो पार्कमा भ्यानबाट खसेर एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नागार्जुन नगरपालिका-६ रामकोट बस्ने उदयपुर कटारी नगरपालिका-७ घर भएकी ३८ वर्षीया कोपिला परियारको मृत्यु भएको हो।
महाँकालबाट सीतापाईलातर्फ जाँदै गरेको बा.प्र.०१-००२ ज ७०५७ नम्बरको भ्यानबाट कोपिला खसेकी हुन्। घाइते भएकी उनको उपचारको लागि मनमोहन अस्पतालमा लगिएको थियो।
त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। प्रहरीले भ्यानका चालकलाई पक्राउ गरेको छ।