पत्रकार तथा लेखक विजय चालिसेको शुक्रबार बिहान निधन भएको छ।
एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष चालिसेको ७४ वर्षको उमेरमा निधन भएको प्रेस चौतारीले जानकारी दिएको छ।
पत्रकार चालिसे गोरखापत्र दैनिकका पूर्वसम्पादक पनि हुन।
उनको गोकर्णेश्वर घाटमा दाहसंस्कार हुने चौतारी अध्यक्ष गणेश पान्डेले जानकारी दिएका छन।