त्रिशुली नदीमा पौडी खेल्नेक्रममा बालिका बेपत्ता भएकी छन्।
बिहीबार साँझ ६ बजेतिर ११ वर्षीया सृष्टि गुरूङ देवघाट गाउँपालिका-५ ठिमुरास्थित त्रिशुली नदीमा पौडी खेल्नेक्रममा बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नंं. १७ गणबाट गोताखोरको टोली खटिएको हो।
उक्त टोलीले बालिकाको खोजी गरिरहेको छ।