मकवानपुरस्थित बागमती नदीमा एउटा ट्यांकर खसेको छ।
बिहीबार बिहान ५ बजेतिर डिजेल बोकेको ट्यांकर भिमफेदी गाउँपालिका ८ बगुवास्थित बागमती नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
उनकाअनुसार ट्यांकर चालक पर्सा वीरगञ्ज महानगरपालिका-२१ बसने २६ वर्षीय कृष्ण महत बिहान ५ बजेतिर प्रहरीको सम्पर्कमा आएका थिए।
बारा अमलेखगञ्जबाट डिजेल लिएर आएँदै गरेको प्रदेश २-०३-००१ क २०३१ नम्बरको ट्यांकर पुलतर्फ अघि बढ्दै थियो। त्यही बेला ट्यांकर चिप्लिएर ब्याक हुँदा खोलामा खसेर दुई सय मिटर बगाएको हो। चालक कृष्ण महतले हामफालेर ज्यान जोगाएको डिएसपी अर्यालले बताए।
त्यसैगरी त्यही ठाउँको नजिकै नदी किनारमा एउटा ट्रक पार्किङ गरिएको थियो।
वीरगञ्बाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ५१९६ नम्बरको डिब्बा ट्रक बागमती पुल नजिकै पार्किङमा थियो।
पानीको बहाब बढेपछि ट्रक नदीमै फसेको हो।
ट्रक चालक सिन्धुपालचोक बाह्रबिसे नगरपालिका-३ बस्ने ३५ वर्षीय विश्व बन्धु श्रेष्ठले बिहान साढे ६ बजेतिर प्रहरीलाई खबर गरेका थिए।