काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ गाेकुल पार्टीस्थित श्री विष्णु देवी कपास उद्योगमा भीषण आगलागी भएको छ।
उद्योगका सञ्चालक राजु रन्जितकारको स्वामित्वमा रहेको सो कारखानामा बुधबार अपराह्न ४:२० बजे अचानक आगलागी भएको हो।
विद्युत सर्ट भएका कारण आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
आगलागी नियन्त्रणमा ल्याउन काठमाडौं महानगरपालिका, नेपाल आयल निगम, र चन्द्रागिरी नगरपालिकाका तीनवटा दमकल प्रयोग गरिएको थियो।
प्रहरी वृत्त थानकोटका डिएसपी एलिजा गिरीको कमाण्डमा प्रहरी टोली परिचालित भएको थियो।
बलम्बु प्रहरी प्रभाग र प्रहरी प्रभाग नैकापबाट खटिएको टोली घटनास्थलमा लागेको थियो।
त्यसैगरी, ४९ जना सुरक्षाकर्मी – सशस्त्र प्रहरी अस्पतालबाट १७ जना र युद्ध कवच गण सीतापाइलाबाट ३२ जना आगो निभाउने कार्यमा खटिएका थिए।
घटनामा मानवीय क्षति नभए पनि कारखानामा रहेको ठूलो मात्रामा सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले बताएको छ।
तस्बिरहरू:
-1748432888.jpg)
-1748432888.jpg)
-1748432886.jpg)
-1748432882.jpg)
-1748432882.jpg)
-1748432885.jpg)
-1748432885.jpg)
-1748432881.jpg)
-1748432881.jpg)
-1748432880.jpg)
-1748432879.jpg)
-1748432879.jpg)
सबै तस्बिर: रोसन दानी