अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले नियन्त्रणमा लिएको छ।
बुधबार दिउँसो अख्तियारको टोलीले अध्यागमन कार्यालयमा छापा मारेको थियो भने भट्टराईलाई नियन्त्रणमा लिएको स्रोतले बताएको छ।
उनलाई मंगलबार मात्रै गृह मन्त्रालयले सरूवा गरेको थियो। उनको सट्टामा पाँचथरमा प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालाको सरूवा भएको छ।
अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएकोबारे सार्वजनिक गरिसकेको छैन।
यो पनि: विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको छापा