संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजे बैठक बस्ने तय भएको छ।
बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२ पेश गर्ने कार्यसूची छ।
त्यस्तै कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२ पेश गर्ने कार्यसूची छ।
आजकै बैठकमा आर्थिक वर्षा २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (करप्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ।