भारतको जम्मू-काश्मिरस्थित पहालगाममा मारिएका सुदीप न्यौपानेको न्यायका लागि विभिन्न संगठनले प्रदर्शन गर्ने भएका छन्।
शनिबार नेपाल नागरिक अभियानले बुटवलका न्यौपानेको न्यायका लागि काठमाडौंको चुनदेवी मन्दिर परिसरमा प्रदर्शन गर्न लागेको हो।
उक्त प्रदर्शनमा नेपाली कांग्रेसको आदिवासी जनजाति विभागले समेत आतंकबाद विरूद्ध ऐक्यबद्धता जनाउने भएको छ।
त्यस्तै त्रिचन्द्र क्याम्पस नेपाल विद्यार्थी युनियन (नेविसंघ) ले पनि शनिबार पाकिस्तान दूतावास अगाडि धर्ना दिने जानकारी गराएको छ। नेविसंघले यसबारे जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीलाई जानकारी गराएको छ।
घटना लगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको नेविसंघले जनाएको छ।
गत मंगलबार एक आतंकवादी समूहले पर्यटकलाई लक्षित गरी हमला गरेका थिए। जसमा २६ जना मारिएका थिए।
सुदिपको शव बुधबार नै बुटबल ल्याएर अत्यष्टि गरिसकेको छ।
सुदिपकी आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कास्मिरको मिनी स्विट्जरल्याण्ड समेत भनिने वैसरण उपत्यकामा हिँउ खेल्ने र घुम्ने उद्देश्यले पहलगाममा पुगेका थिए।