मोरङमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
ग्रामथान गाउँपालिका-१ बस्ने २० वर्षीय आबिद अलि (मिया) पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको टोलीले बिहीबार बिहान पक्राउ गरेको हो।
मियाले १६ वर्षीया बालिकालाई ललाई फकाई सोही गाउँपालिका-१ स्थित सिमरिया भन्ने ठाउँमा लगेर बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।