काठमाडौंको धोबीखोलामा आइतबार साँझ एउटा कार खसेको थियो।
साढे ६ बजे काठमाडौं महानगरपालिका-२९ स्थित मदन भण्डारी कलेज नजिकैबाट धोबीखोलामा खसेको उक्त कार केही समयअघि निकालिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले कार अनियन्त्रित भएर खोलामा खसेको बताएका छन्।
भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीका ४५ वर्षीय पदम कार्कीले चलाएको बा२१च ६६१४ नम्बरको कार खोलामा खसेको हो। चालक कार्कीको उद्धार गरिएको छ।
यसअघि गत पुसमा पनि एउटा कार त्यहाँ खसेको थियो।
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी


-1739711268.jpeg)