तुलसीपुरको एक फर्निचर उद्योगमा आगलागी भएको छ0।
सोमबार दिउँसो ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका– १२ पुकार पसलस्थित सिद्धिविनायक फर्निचर उद्योगमा आगलागी भएको हो।
आगलागीको खबर पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी प्रमुख डिएसपी अनिल ठकुरीको कमाण्डमा २५ जनाको टोली खटिएको थियो।
आगो निभाउन तुलसीपुर उपमहानगरपालिकाको दमकल, केही पानी बोक्ने ट्याङकर, प्रहरीका साथै स्थानीयको सहयोगमा चार बजेतिर आगो नियन्त्रणमा आएको थियो।
इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार क्षतिको विवरण संकलन गर्ने कार्य जारी छ।
आगलागीको कारण खुल्न सकेको छैन। आगलागी भएको फर्निचर उद्योग तुलसीपुर –५ ‘ग’ लाइन बस्ने ताराबहादुर वलीले सञ्चालन गर्दै आएका थिए।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।