पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत कथा आज समापन भएको छ।
हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा गरेपछि व्रत समापन गरिएको छ।
माधवनारायणको ब्रत बस्ने व्यक्तिले ब्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।
नेपाल संवत ७२२ मा रणजीत मल्ल आफैले ब्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको छ।
स्वस्थानी ब्रतको अन्तिम दिन साँखुस्थित शालिनदीमा भिड लागेको थियो।
तस्बिरहरूः
























सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।