काठमाडौं महानगरले चौधरी ग्रुपलाई दुई लाख रूपैयाँ जरिवाना तिराएको छ।
‘चौधरी ग्रुपलाई बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड 'घ' बमोजिम कसुर देखिएकोले ऐनको दफा ३० को उपदफा '१' को खण्ड 'ख' बमोजिम २ लाख जरिवाना गरिएको छ,’ महानगरले भनेको छ।
गत वैशाख २ गते काठमाडौं महानगर-६ स्थित विभिन्न पसलहरूको उजुरीको आधारमा काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले अनुगमन गरेको थियो। स्थलगत निरीक्षण गर्दा चौधरी ग्रुपले उत्पादन गरेको वाईवाई तयारी चाउचाउमा न्यून गुणस्तरको पाम तेल प्रयोग गरिएको भेटिएको थियो।
त्यस दिन भेटिएको अन्दाजी १५/१६ कार्टुन त्यही दिन डिलरको प्रतिनिधिको रोहबरमा नष्ट गरिएको थियो।