दैलेखमा गहुँ काट्ने क्रममा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन्।
भैरवी गाउँपालिका-६ का ४३ वर्षीय गणेश सिजालीमगरसहित ७ जना घाइते भएका हुन्।
मंगलबार दिउँसो गहुँ काट्ने क्रममा एक्कासि बँदेलले आक्रमण गर्दा गणेशको बायाँ हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखको डिएसपी सुनिल दाहालले जानकारी दिए।
उनका अनुसार गणेशबाहेक अरूको अवस्था सामान्य छ।
'गणेशलाई उपचारको लागि जिल्ला अस्पताल पुर्याइएको छ,' डिएसपी दाहालले भने।
गहुँ काट्न आएका अरू ६ जना पनि सोही ठाउँका स्थानीय भएको उनले बताए।
डिएसपी दाहालका अनुसार भैरवी नगरपालिका-६ का तर्कबहादुर पुनमगर, २३ वर्षीय लक्ष्मण पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, १२ वर्षीय तिलक पौडेल, १४ वर्षीय पुर्णबहादुर सिजालीमगर र ६८ वर्षीय जयबहादुर थापामगर सामान्य घाइते भएका छन्।