कर्तव्य ज्यान मुद्दामा फरार रहेका रूकुम-पश्चिममा एक व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार रूकुम-पश्चिमको मुसिकोट नगरपालिका–१ का अगविर खत्री भनिने अतिराम खत्रीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार बेलुका ४ बजे उनलाई पक्राउ गरेको हो।
खत्रीलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भएको थियो। उनी २०६५ साउन १६ गतेदेखि फरार थिए।
फरार भएको १४ वर्षपछि पक्राउ परेका खत्रीलाई बुधबार रूकुम पश्चिम जिल्ला अदालतमा पेश गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।