पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित /चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित/चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
२०७८ चैत १५ गते (मंगलबार)
दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ।
प्रदेश १ का पहाडी भू-भागहरूका थोरै स्थानहरू तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
२०७८ चैत १६ गते (बुधबार)
दिउँसो: प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
२०७८ चैत १७ गते (बिहीबार)
दिउँसो: प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका केही स्थान तथा प्रदेश २ र गण्डकी प्रदेशका भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति: प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।