शुक्रबार फेला परेका बाँकेको नरैनापुर गाउँपालिका आठ जना कोरोना संक्रमितलाई एउटै एम्बुलेन्समा राखेर दाङ ल्याइने भएको छ।
‘एउटै ठूलो एम्बुलेन्समा राखेर आठ जना विरामीलाई दाङ बेलझुण्डीको कोरोना अस्पताल पठाउँदै छौं ,’ बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने ‘अरु मान्दै मान्दैनन्, त्यसैले एउटै एम्बुलेन्समा पठाउन थालिएको हो।’
एम्बुलेन्स चालक खोज्न कठिन भएको हुँदा एउटै ठूलो एम्बुलेन्समा राखेर पठाउन थालिएको उनले बताए।
श्रेष्ठले भने – ‘सबै म्यानेज बाँकेले गर्छ कुनै कुराको कमजोरी रहँदैन।’ उनले विरामी जिल्लामा पठाउनु पूर्व नै दाङसँग सम्पूर्ण सरसल्लाह भइसकेको जानकारी दिए।
नेपालगन्जबाट एम्बुलेन्स हिँड्ने तयारी भएको र अबको तीन घन्टाभित्रै सबै विरामी दाङको बेलझुण्डी अस्पताल पुग्ने उनले बताए।
यसअघि बर्दियाकी एक ११ वर्षीया कोरोना संक्रमित बालिकालाई दाङ ल्याउने तयारी भएपनि त्यसको विरोध भएपछि बाँकेमै राखिएको थियो।
बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा रहेका २५आइसोलेनस बेड मध्य सबै भरिएको हुँदा शुक्रबार नयाँ थपिएका ८ कोरोना संक्रमितलाई दाङ ल्याउन लागिएको हो।