मनाङको प्रदेश क्षेत्र २ का एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।
एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन्।
जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई सर्वत्र विरोध भएपछि केन्द्रले उनको नाम काटेको थियो ।
तर, मनाङका जनताले आफूलाई जिताउने भन्दै दीपकले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए। अब, एमालेका आधिकारिक उम्मेदवार खण्डा लामाले स्वतन्त्र उम्मेदवार मनाङेलाई सघाउने भएकी हुन्।
सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘सबैको समर्थन अनुसार मैले स्वतन्त्र उम्मेदवारी दिएको थिएँ। बाहिर हल्ला भएजस्तो मनाङको अवस्था होइन। हामी सबै मिलेर अगाडि बढ्ने हो। हामी दुई जना उठ्दा हार्ने देखियो र मिल्यौं।’
खण्डा र दीपक नातामा दिदीभाइ हुन्।
यो सँगै मनाङको प्रदेश क्षेत्र नं २ बाट काँग्रेस उम्मेदवार कर्मा गुरूङ र मनाङेबीच प्रतिस्पर्धा हुने भएको छ।