रामेछापमा माओवादी केन्द्रकी बागी उम्मेदवार पार्टी नेतृत्वको दबाबपछि हेलिकप्टर लिएर उम्मेदवारी फिर्ताका लागि मन्थली पुगेकी छन्।
रामेछापमा वाम गठबन्धनले माओवादीका श्यामकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको थियो। तर, उनका विरुद्ध माओवादीकै लक्ष्मी गुरुङले उम्मेदवारी दिएकी थिइन्।
गुरुङले मंगलबार अबेरसम्म उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेकी थिइन्। तर, पार्टी नेतृत्वको दबाबपछि बुधबार बिहान गठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठ, बागी उम्मेदवार लक्ष्मी गुरुङ हेलिकप्टर लिएर मन्थली पुगेकी हुन्।
'हामी हेली लिएर मन्थली आइपुग्यौँ। खुसीको कुरा छ बागी उम्मेदवार हुनु भएको साथीले फिर्ता लिनु हुने भयो', माओवादी केन्द्रका श्रेष्ठले सेतोपाटीसँग भने।
निर्वाचन आयोगले आज बिहान १० बजेदेखि १ बजेसम्मको समयमा उम्मेदवारी फिर्ता लिनका लागि छुट्याएको छ।