सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुका कारण पेश गर्न सरकारको नाममा कारण आदेश दिएको छ ।
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सोमबार शर्मालाई हटाउनुका कारण देखाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
आफूलाई सुनुवाइको मौका नदिई बर्खास्त गरेको भन्दै शर्माले आइतबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। शिक्षामन्त्रीस्तरबाट शर्मालाई यही असोज ८ गते पदबाट हटाउने निर्णय गरेको थियो ।
शर्मामाथि वार्षिक आम्दानीमा गडबड गरेको, साझाकै लोगोमा व्यक्तिगत तरिकाले पुस्तक प्रकाशन गरेको, पुस्तक विक्री–वितरणको हिसाब–किताब दुरुस्त नराखेको लगायतका भ्रष्टाचार र अनियमितताको आरोप छ ।