लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने तयार भइसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी शेरबहादुर देउवा सरकारमा सहभागी हुन तयार भएको छ।
सोमबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यो विषयमा छलफल भएको नेता मोहन श्रेष्ठले जानकारी दिए। 'बिहानको बैठकबाट निर्णयमा पुगेका छैनौं,' उनले भने, 'साँझ फेरि बैठक बस्छ र सरकारमा सहभागिताबारे छलफल हुन्छ।'
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुन प्रस्ताव राखेको ‘ब्रिफिङ’ अध्यक्ष कमल थापाले गरेका थिए। राप्रपाले कति मन्त्रालय पाउने भन्ने विषयमा कुरा नमिलिसकेको थापाले बैठकमा बताएका थिए।
अध्यक्ष थापाले विचार र सिद्धान्तका दृष्टिकोणले नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा राप्रपा सहभागी हुनुपर्ने बताएका थिए। गठबन्धनमा सहभागी हुने भएपछि सरकारमा पनि सहभागी हुन सकिने उनले बताएका थिए।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेससँगको तालमेलबारे पनि बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। 'तालमेलबारे छलफल भएको छ,' उनले भने,‘राप्रपाले कति सिट पाउने भन्ने छलफल भइरहेको छ। यो छलफलपछि मात्रै तालमेलबारे निर्णयमा पुग्छौं।’
यो पनि हेर्नुहोस्ः