नगरकार्यपालिकाको गठन प्रक्रियाअनुसार प्रत्येक वडाबाट निर्वाचित महिला सदस्यमध्ये पाँच सदस्य तथा निर्वाचित सदस्यभन्दा बाहिरबाट दलित वा अल्पसंख्यक पदको लागि तीन जना गरी आठ जना थपिएपछि नगर कार्यपालिकाले पूर्णता पाएको हो ।
नगर कार्यपालिकामा निर्वाचित महिला सदस्यमध्येबाट संघीय समाजवादी फोरम नेपालका फूलपरास देवी, तारादेवी सदा, सीमा मण्डल तथा नेपाली काँग्रेसबाट इन्द्रादेवी कर्ण र रुकसाना खातुनले ८३/८३ मत ल्याई विजय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, निर्वाचित सदस्यबाहेक दलित वा अल्पसंख्यक सदस्य पदमा नेपाली काँग्रेसबाट उदयशंकर राउत र विनयकुमार साहले ८३/८३ मत ल्याई विजय भएका छन् भने संघीय समाजवादी फोरम नेपालबाट हिन्देश्वरप्रसाद लाल कर्णले ८१ मत ल्याई विजय भएका छन्।
नगरसभामा नगरप्रमुख, उपप्रमुख, २२ वडाकै वडाध्यक्ष तथा आठ जना गरी ३२ सदस्यीय रहने व्यवस्था छ ।