राजपा नेपालका महासचिव केशव झाले माओवादी र एमालेबीचको एकताको स्वागत गरेका छन् ।
मङ्गलबार राजधानीमा अायोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
उनले भने,‘पार्टीहरू मिल्नु अत्यन्तै राम्रो हो, दल कम हुनु स्वागतयोग्य कुरा हो।’ उनले पार्टी एकतालाई लिएर आफूहरू खुशी भएकोले सकारात्मक कदम भएको स्पष्ट पारे।
उनले वामपन्थी एकता हुनु भन्दा पनि दलहरू एक हुनु खुशीको कुरा भएको टिप्पणी गरे ।
फरक प्रसंगमा उनले आउने मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्न आफूहरू खुला रहेको स्पष्ट पारे । त्यसको लागि पहिलो प्राथमिकतामा संघीय समाजवादी फोरम नेपाल रहेको उनले जनाए । त्यस्तै, उनले लोकतन्त्रवादी शक्तिहरू अब एक हुुनपर्ने बताए ।