स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मन्त्री पोखरेलले चिकित्सकहरूलाई पनि क्षतिपूर्ति दिलाउने गरी सरकारले ल्याएको विधेयकमा पुनर्विचार गर्ने काम मन्त्रीपरिषदबाट मात्रै हुने बताए ।
विधेयक फिर्ता गर्न दबाब दिँदै देशभरका चिकित्सकहरूले आन्दोलन गरिरहेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले ती समस्या समाधान गर्न मन्त्री परिषद बैठकनै बस्नु पर्ने स्पष्ट पारे । उनले सरकार स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न प्रतिबद्ध रहेको पनि बताए ।
स्वास्थ्य मन्त्री पोखरेलले संघीयता कार्यान्वयन गरी चालू आर्थिक वर्षका छुट्याइएको बजेट कार्यान्वयनको कामलाई अघि बढाउन सरकार लागि परेको पनि स्पष्ट पारे।