आंशिक प्राध्यापकहरूले करार गर्न माग गर्दै दशैंमा पनि सत्याग्रह आन्दोलनको घोषणा गरेका छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल आंशिक प्राध्यापक संघले बुधबार फुलपातीको दिनबाट ५ दिनसम्म सत्याग्रह आन्दोलन गर्ने घोषणा गरेका हुन्।
आफूहरूको माग सम्बोधन गराउन त्रिभुवन विश्ववविद्यालयको मूल गेटमै सत्याग्रह सुरू गर्न लागिएको संघका महासचिव केशव चन्दले जानकारी दिए। उनले सत्याग्रह आन्दोलनमा सहभागी हुन पनि संघका सम्पूर्ण कार्यसमितिका पदाधिकारीलाई आग्रह गरे।
आंशिक प्राध्यापकहरूले करार गर्न माग गर्दै सरकारलाई पटक/ पटक दबाब दिँदै आएका छन् ।