तेस्रो चरणको स्थानीय तहको निर्पाचनमा भाग लिने निर्णय गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनाव चिन्ह साइकल रोजको छ।
बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले साइकल छाप लिने निर्णय भएको बताए।
‘हामीसँग ६ वटा निर्वाचन चिन्ह छन्,’ उनले भने,‘६ वटा मध्ये हामीले साइकल छाप माग्ने निर्णय गर्यौ।’
दुई दिनसम्म बसेको राजपा केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन चिन्हको अन्तिम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष मण्डललाई दिएको थियो ।
वैशाख ७ गते तराई मधेश केन्द्रीत ६ पार्टी मिलेर राजपा गठन भएको थियो।
राजपाले छाता निर्वाचन चिन्ह मागेको भए पनि निर्वाचन आयोगले राजपालाई छाता चिन्ह दिन मानेन। छाता नपाउने भए पछि राजपाले पञ्जा रोजेको थियो। पन्जा पनि विभादित भएपछि राजपाले साइकल रोजेको हो।