जनमत पार्टीको संगठनले वकिल संघ गठन गर्ने भएको छ।
पार्टीको जनवर्गीय तथा पेशागत मोर्चा अन्तर्गत वकिल संघ गठन लागिएको पार्टीकी सचिव अनिता देवी साहले बताइन्।
उपत्यका तथा देशका सातवटै प्रदेशमा कार्यरत कानून व्यवसायीहरूको एक बृहत् भेलाको तयारी गरिएको उनले बताएकी छन्।
‘जनमत पार्टीप्रति प्रतिबद्ध र पार्टीको विधि, विधानमा रही पार्टीमा आबद्ध हुन चाहने कानून व्यवसायीज्यूहरूलाई जोड्न लागिएको हो,’ विज्ञप्तिमा भनिएको छ।