प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह मान्यता हुने गरी कुनैपनि कानुन ल्याउन सरकार नलागेको बताएका छन्।
बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले हल्ला चलिरहेको तर बहुविवाहको कुनै पनि कानुन ल्याउन सरकार नलागेको प्रष्ट पारेका हुन्।
उनले सामाजिक जागरण, न्यायका लागि लडेर आएको पार्टीले बहुविवाहलाई मान्यता दिन्छ भन्ने कसरी लाग्यो भन्ने प्रश्नसमेत गरेका छन्।
यस्तो हल्ला कसले चलायो भन्ने आफूलेसमेत थाहा नपाएको उनले बताएका छन्।
'बहुविवाहलाई मान्यता दिने गरी कुनै पनि कानुन ल्याइएको छैन, कुनै पनि हालतमा यसलाई मान्यता दिइँदैन, ' प्रधानमन्त्री ओलीले भने।