नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेल सार्नका लागि गरेको आग्रहलाई राज्यले अस्वीकार गर्नु दुःखद् भएको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले अदालतले समेत जेल सार्नको लागि अनुमति दिए पनि स्थानारन्तरण नगरिनु दुःखद् भएको बताए।
‘कसैप्रति पनि कानूनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ तर राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्ति (रवि लामिछाने) लाई अदालतले ठाना स्थानान्तरको अनुमति दिँदा दिँदै पनि स्थानान्तरण नरिनु दुःखद् मात्र होइन नबुझिँदो कुरा भएको छ।’
भिडिओ:
लामिछाने रूपन्देही कारागारमा छन्।
राष्ट्रिय मानव अधिकार आयोगले पनि मंगलबार विज्ञप्ति निकालेर रवि लामिछानेलाई अदालतले स्थानान्तरण अनुमति दिए पनि स्थानान्तरण नगरिएको पाइएको उल्लेख गरेको छ।
लामिछाने र रास्वपाका नेताहरूले गृहमन्त्री रमेश लेखकले लामिछानेको जेल स्थानान्तरण रोक्दै आएको आरोप लगाउँदै आएका छन्।
रास्वपा सभापति लामिछाने सहकारी बचत रकम ठगी मुद्दाको पुर्पक्षका लागि रूपन्देही कारागारमा छन्।
यो पनि: मानव अधिकार आयोगले भन्यो- कारागारहरू मानव अधिकारमैत्री छैनन्, सुधार गर्नू