नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्ष्य गर्दै मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यकहरूको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले आफूलाई अहिले पनि टीकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताए।
उनले तर आफू टीकापुर घटनामा घटनास्थलमै नरहेको भए पनि सबभन्दा ठूलो हत्याको बिल्ला भिराइएको बताए।
उनले मान्छे नमार्ने थारूहरू हत्यारा भएको तर मान्छे मार्नेहरू सरकारमा सँगै रहेर पनि मान्छे मारेको स्वीकार गर्नेहरूलाई यत्तिकै छोडिएको बताए।
नेपाल न्याय मरेको देश भएको टिप्पणी गरे।
संस्थापक चौधरीले भने, ‘म मेरो सामाजिक सञ्जालमा कहिलेकहीँ हेर्छु। मार गाली गर्छन् मलाई। टीकापुर घटनामा मान्छे छैन, सबभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु। बच्चाको बाउ, आमा मसँग बिहान बेलुका हुनुहुन्छ। मेरो परिवारको बच्चा मर्यो, मलाई भन्छन् बच्चाको हत्याारा, हत्यारा, हत्यारा हुँ। हामी मान्छे नमार्ने थारूहरू हत्यारा भयौँ। मान्छे मार्नेहरू उनैसँग छन् फेरि। सँगसँगै छन्। उनले मार्यौँ पनि भन्छन्। बडा पीडा छ दाइ। न्याय मरेको देश। अब विद्रोह गरौँ, केका लागि विद्रोह गर्ने? कसलाई मार्नलाई विद्रोह गर्ने?’
संस्थापक चौधरीले मानिसहरू अब धेरै टाढिसकेको भन्दै विदेशको नागरिकता लिएर उतै बसेका मानिसहरूसँग आगामी चुनावमा हारिएला भनेर विदेशीहरूको भोट चलाउने प्रपञ्च भइरहेको बताए। –न्युज एजेन्सी नेपाल