नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले पार्टीभित्र अनुशासन कायम गरिनुपर्ने बताएकी छन्।
अनुशासनको कारबाही गर्दा पार्टी छाड्ने क्रम चल्छ कि भनेर डराउन नहुनेतर्फ जोड दिँदै उनले अनुशासनले झन् पार्टीलाई भलो गर्ने बताइन्।
आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले भनिन्, ‘अहिले धेरै नेताहरू भन्ने गर्नुहुन्छ, पार्टीमा कारबाही भयो भने सबै बाहिर जान्छन् भन्ने भास्य बनाउन खोजिएको छ। त्यो गलत कुरा हो। पार्टीबाट सबै बाहिर जाँदैनन्, घरभित्रै बसेर छुरा हान्नेसँग सतर्क हुने हो, पार्टीका अघि व्यक्ति गौण हुन्छ। अनुशासन समितिलाई अझै कडा बनाउँदै लैजानुपर्छ।’
उनले अनुशासन समितिले कारबाही दायरालाई अझ फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको उनले बताएकी छन्। ‘जसलाई अन्याय भएको छ उसलाई न्याय दिनुपर्छ, नभए अर्को विकृति बढ्छ,’ उनले भनिन्।
उनले विगतमा पनि पार्टीभित्र अनुशासनको कारबाही गरिएको र त्यसको बलमा आमचुनावमा धेरै सिट जितेको इतिहास पनि रहेको बताइन्।