नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राष्ट्रपति र उपराष्ट्रपति भइसकेकाहरू फेरि सक्रिय राजनीतिमा फर्किदा त्यसले वितृष्णा बढाउने बताएका छन्।
आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा फर्किदा त्यसले आलोचना झन् बढाउनेतर्फ ध्यान दिन आग्रह गरेका हुन्।
‘राष्ट्रपति र उपराष्ट्रपति भइसकेकाहरू रसिद काटेर फेरि पार्टीमा फर्किदा त्यसले वितृष्णा र आलोचना बढाउँछ,’ उनले भने।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै नेकपा (एमाले) को सदस्यता नवीकरण गरेकी थिइन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष मनोनीत भएका छन्।
भण्डारीले वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको पनि बताए।
सभापति शेरबहादुर देउवाप्रति लक्ष्य गर्दै उनले 'सभापतिज्यूले धेरै वटा हँसिय बनाउनुभयो, तर त्यसले घाँस काटेन' भनेका थिए।
उनले पार्टीको १५ औं महाधिवेशन समयमै गर्नुपर्नेमा जोड दिए।