चितवनको एकता शिशु निकेतन स्कुलमा छात्राले आत्महत्या गरेपछि आत्महत्या दुरूत्साहनको अभियोग लागेका तीन शिक्षकले सफाइ पाएका छन्।
२०८० फागुन १२ मा छात्रा शालीन पोखरेलले स्कुलमै आत्महत्या गरेपछि पोखरेलका बाबुले शिक्षकहरूविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी दिएका थिए।
विद्यालयका प्राचार्य बालहरी देवकोटा, शिक्षक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्माविरूद्ध आत्महत्या दुरूत्साहनको अभियोग पुष्टि नहुने भन्दै जिल्ला अदालत चितवनले सफाइ दिएको हो।
जिल्ला अदालत चितवनका न्यायाधीश ध्रुबकुमार ढकालको इजलासले गरेको फैसलामा मृतक १५ वर्षकी बालिका पोखरेलका बाबु दीपेन्द्र पोखरेल र उनी पक्षका कानून व्यवसायीबाट बलात्कारपछि हत्याको आरोप शंकाको आधारमा लगाइएको भनिएको छ।
२०८१ चैत ४ गते नै फैसला भए पनि पूर्णपाठ भने केही दिनअघि मात्रै आएको हो।
चितवन जिल्ला अदालतले २०८० चैत ६ गते प्राचार्य देवकोटालाई तीन लाख, शिक्षक अधिकारी र होस्टलका वार्डेन शर्मालाई जनही पाँच लाख रुपैयाँमा धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
सम्बन्धित समाचार:
चितवन घटना: फेला परेको नोट शालीनले नै लेखेको रिपोर्ट
शालीन मृत्यु प्रकरण: प्रधानाध्यापकसहित तीन जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति
प्रहरीको पहरामा पढिरहेका छन् शालीनका साथीहरू